महोत्तरी। बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाकाे लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए ।
डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेकाे छ ।
नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुन: सम्झौता गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।
नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् ।
अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेकाे हाे । विशाल बस्नेत/न्युज कारखाना