रामपुर (पाल्पा)। योग अभ्यास गराउने उद्देश्यले रामपुरमा योग अभ्यास केन्द्र निर्माण गरिएको छ ।
रु १४ लाख ८१ हजार ८४५ को लागतमा सो भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष लुकनाथ घिमिरेले जानकारी दिनुभयो । भवन निर्माणका लागि किसानबारी बट्टार खानेपानी तथा सरसफाइ आयोजनाबाट रु दुई लाख, किसानबारी कार्कीडाँडा सामुदायिक वनबाट रु २५ हजार, जनश्रमदानबाट रु ५८ हजार २०३ र अन्य बाँकी रकम रामपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म तीन आर्थिक वर्षमा प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
हालै निर्माण भएको यस भवनमा अहिले पतञ्जली रामपुर नगर योग समिति र रामपुर नगरपालिका आयुर्वेद शाखाको संयुक्त आयोजनामा योग सप्ताह चलिरहेको छ । योग समिति रामपुरका अध्यक्ष सुदिप गैरेले नियमित योग गरेमा शरीर निरोगी र फूर्तिलो बन्ने हुँदा शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताउनुभयो ।
योग अभ्यास कार्यमा अहिले धेरैको आकर्षण बढ्दै गइरहेको हँुदा भवन निर्माण भएपछि अब नियमित अभ्यास गराउन सजिलो हुने समितिका सचिव सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो । रोग लागेपछि औषधि गर्नुभन्दा रोग लाग्नै नदिनका लागि योग अभ्यास मानवजीवनको निम्ति अति आवश्यक छ ।