चितवन । चितवनका अस्पतालमा बुधबार एकैदिन १७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै संक्रमित चितवन बाहिरका हुन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार नवलपरासीका ६ जना, मकवानपुरका २ जना, रौतहटका २ जना र पाल्पा, गोर्खा, तनहुँ, गुल्मी, दाङ, रुपन्देही र सर्लाहीका एक/एक जना संक्रमितको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेजमा ११ जना र पुरानो मेडिकल कलेजमा ४ जना संक्रमितको मृत्यु भएको हो ।
यसअघि जेठ ५ गते एकैदिन २० जना संक्रमितको मृत्यु भएको थियो । यसअघि अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या घट्दै गएकोमा बुधबार एकैदिन १७ जनाको मृत्यु भएको हो ।जिल्लाका विभिन्न अस्पतालहरुमा गरी बुधबार ३४४ जना संक्रमित उपचाररत छन।