चितवन । कोरोना भाइरसको संक्रमण बढिरहेको हुनाले देवघाट क्षेत्रलाई सिल गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले देवघाट क्षेत्रमा भीडभाड नगर्नको लागि सो क्षेत्रमा सिल गरिएको बताए । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै देवघाट क्षेत्रलाई सिल गरिएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी तामाङमा अनुसार आज दिउँसो २ बजेबाट शनिबार दिउँसो २ बजेसम्म २४ घन्टाको लागि देवघाट क्षेत्र प्रवेशमा रोक लगाइएको छ । उनले देवघाट क्षेत्र छिर्ने सबै नाकाहरुमा प्रवेश गर्नको लागि रोक लगाइएको छ । गत वर्षहरुमा सङ्क्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ ।