चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनकै झल्को दिने गरी सात बुँदे आदेश ल्याएको छ । जिल्लाभरी लागूहुनेगरी विभिन्न आदेशहरु जारी गरेको छ । सभा, सम्मेलन, मेला र महोत्सव नगर्नको लागि दुई दिनको समय दिएको छ । चलेको चितवन महोत्सव दुई दिनपछि बन्द हुनेछ । रत्ननगर महोत्सव खिचरा, सङ्क्रान्ति मेलाहरु अब रोकिने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चितवनमा २५ जनाभन्दा बढी भेला हुन नदिने बताएका छन् । चितवनमा लकडाउन हुने नहुनेमा यहाँको संक्रमण दरले निर्धारण गर्नेछ । संक्रमित संख्या बढ्दै गयो भने लकडाउन हुन पनि सक्छ, संक्रमण दर ज्यादा बढेन र स्थिर भयो भने लकडाउन नहुन सक्छ ।
प्रशासनको सात बुँदामा केके छ ?