चितवन । हाल चितवन जिल्लामा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान चितवनका आकाश हुस्सु र कुहिरोले ढाकेको छ । यो हप्ता चितवनमा चिसो बढने जल तथा मौसम विज्ञान विभाग महाशाखाले बताएको छ ।
विभागको अद्यावधिक विवरण अनुसार आज (सोमबार) ११ डिग्री सेल्सियस देखि २४ डिग्री सेल्सियस मापन गरिएको चितवनको तापमान यसै हप्ता ८डिग्री सेल्सियस देखि २० डिग्री सेल्सियस सम्म हुने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जानकारी दिएको छ ।
राति सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्ले गर्दा चितवनमा पनि जाडो बढ्ने छ ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।
त्यस्तै चितवनमा वायुको गति १२ कि।मी प्रति घण्टा मापन गरिएको छ । देशको राजधानि काठमाण्डौँको तापमान ६ डिग्री सेल्सियस देखि १८ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न र सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग महाशाखाले अनुरोध गरेको छ।