चितवन । भरतपुर महानगरपालिकाको समृद्धीको आधार कृषि, स्वास्थ्य, पर्यटन, आवास र पुर्वाधार, महानगरले पछिल्लो पटक यही कुरालाई आधार मानेर पर्यटन प्रवर्द्धनकालागि हरकोसिस गर्दैछ ।
जनप्रतिनिधि आएदेखि सबै भन्दा चितवनको अबल र चर्चाकम काम धेरै गर्ने पालिका मध्ये पर्छ भरतपुर महानगरपालिका । कृषि, स्वास्थ्य बाहेक पर्यटन क्षेत्र पनि भरतपुरको सम्वृद्धिको कारक बन्न सक्छ भन्ने कुरालाई मध्य नजर गर्दै भरतपुर महानगरले पर्यटन प्रवर्द्धनकालागि विभिन्न टुर प्याकेज देखि प्रर्यटकलाई लक्षित गरि बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
कोरोना कहर भन्दा अघिदेखिनै महानगरले पर्यटनलाई प्राथमिकतामा राखेर बिभिन्न कार्ययोजना बनाएको थियो । कार्ययोजना अन्र्तगत नै नारायणी नदी किनारमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर पार्कसहितको पर्यटन स्तम्भ बनाएको थियो ।
भरतपुर महानगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न स्थानीय तहसँग साझेदारी गर्ने नीतिलाई अगाडी करिब दुई बर्ष अगाडी नै बढाएको थियो । सो नीति अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच द्विपक्षीय समझदारी पत्रमा २०७६ साल मंसिर १८ गते बुधबार हस्ताक्षर भएको थियो । मेयर रेनु दाहाल र लुम्बिनीका मेयर मनमोहन चौधरीले ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न सहकार्य गर्ने, पर्यटनसम्बन्धी जानकारी, अध्ययन आदान–प्रदान गर्ने, नियमित हवाई सेवा सञ्चालन गर्ने, भरतपुरमा लुम्बिनी मार्ग र लुम्बिनीमा भरतपुर मार्ग बनाउनेलगायतका समझदारी भएको सो समझदारीपत्रमा उल्लेख छ । भरतपुर महानगरले पोखरा महानगरसँग २०७६ साल कात्तिक २२ मा पर्यटन प्रवद्र्धन गर्न साझेदारी गरेको थियो ।
भरतपुर महानगरपालिकाकै अगुवाइमा भएको भरतपुर, पोखरा, लुम्बनी स्वर्ण त्रिकोण प्रवद्र्धन कार्यक्रम अगाडि बढी पनि सकेको छ । महानगर प्रमुख रेनु दाहाल लुम्बिनी र पोखरा आउने पर्यटकलाई चितवन भित्र्याउन र यहाँ आएका पर्यटकलाई ती गन्तव्यमा पठाएर बसाई लम्ब्याउन कार्यक्रम प्रभावकारी हुने बताउँछिन् । महानगरले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको उनको भनाइ छ । महानगरले आफ्नोसँगै बागमती प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनमा काम गरिरहेको दाहाल बताउँछिन् ।
यो सँगै भरतपुर महानगरले कोरोना कहर पछि थला परेको आफनो पर्यटकीय गन्तव्यलाई फेरी उठाउन सक्दो प्रयासमा छ । आजबाट सुरु भएको चितवन महोत्सव मार्फत भरतपुर महानगरले आफनो ३० उत्कृट पर्यटकीय गन्तव्यलाई पर्यटक सम्म लैजाने कोसिसमा छ । भरतपुर महानगरले स्टल नं ५१ मा आफनो स्टल राखि आफनो नगर भित्रको उत्कृष्ट ३० गन्तव्यको पर्यटकहरुलाई जानकार बनाइरहेको छ ।
पर्यटकीय दृष्टिले विविधता भरतपुर महानगरमा रहेको छ । सूर्योदयदेखि सूर्यास्तसम्म अवलोकन गरेर पर्यटक रमाउन सक्ने ठाउँहरु रहेको भरतपुरमा कविलासस्थित चौकीडाँडाबाट सूर्योदय अवलोकन गर्न सकिन्छ भने गोलाघाटबाट सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
महानगरपालिकाले सार्वजनिक गरेको छ रात सात दिनको टुर प्याकेजमा ३० महत्वपूर्ण पर्यटकीय गन्तव्य समावेश गरिएका छन् ।
यी हुन् महानगरका ३० उत्कृष्ट पर्यटकीय गन्तव्यः
१. मेघौली
२. पटिहानी
३. देवघाट
४. बीसहजारी ताल
५. ज्ञानेश्वर ब्लक
६. नारायणी रिभर बीच
७. चौकीडाँडा
८. जगतपुर
९. राइनोकुञ्ज
१०. बाटुली पोखरी
११. कसरा
१२. गोलाघाट
१३. बागेश्वरी
१४. गणेश्धाम
१५. वी.पी. शान्ति नगर वन
१६.गाजीपुर
१७. सिमरी टाउन
१८. महाबौद्ध गुम्बा
१९.राइनो ताल
२०. धनगढा मन्दिर
२१. चितवन प्रर्दशनी केन्द्र
२२. बखान बहुउद्देश्यीय सहकारी संस्था
२३. प्राङ्गारिक कृषि उत्पादक स.संस्था
२४. रानी पोखरी
२५. संयुक्क्त राप्ति दुन सामुदायिक वन
२६. देविस्थान पार्क
२७. कविलासगढी
२८. दियालोे बंगला
२९. मदन – आश्रित स्मृति पार्क
३०. शिवालय नगर पार्क