चितवन । हेरेक दुई बर्षको अन्तरालमा हुने चितवन महोत्सव आज (आइतबार) बाट सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा सुरु हुन लागेको चितवन महोत्सव आजबाट माघ ४ गतेसम्म १० दिनकोलागि चल्ने छ । महोत्सवको प्रवद्र्धकको रुपमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति चितवन रहेका छन् ।
यसअघिको १२ औं संस्करण २०७५ सालमा भएको थियो भने, कोरोना कहरले गर्दा १३ औं संस्करण २०७७ सालमा हुनुपर्नेमा एक बर्ष पछि धकलिएको छ । यो महोत्सवको १३ औं संस्करण हुन लागेको हो । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट हुने कार्यक्रम रहेको छ ।
उद्योग वाणिज्य संघ चितवनको अनुसार चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु चितवन महोत्सव प्रमुख उद्देश्य रहेको छ । महोत्सवमा ३५० वटा स्टल रहनेछन् ।
चितवन महोत्सवले चितवनमा हने आर्थिक गतिविधिलाई बढाउनुका साथै स्थानिय उल्पादनलाई बजार दिलाउन मदत गर्ने उद्योग वाणिज्य संघ चितवनले विश्वास लिएको छ ।
महोत्सवमा करिब ५ लाख जनाले अवलोकन गर्ने अपेक्षा रहेको उद्योग वाणिज्य संघ चितवनल बताएको छ । महोत्सव उद्घाटनअघि चितवनबासीहरुले विभिन्न जनजातीहरु पहिचान सहितको झाँकी र्याली गर्ने छन् । र्याली महोत्सव परिसरबाट निस्केर पोखरा बसपार्कहुँदै पुतलीबजार हुँदै, शहीद चोक, लायन्सचोक, पुल्चोक हुँदै पुनः महोत्सव परिसरमा पुग्ने छ । उद्घाटन सत्रका बेला भने महोत्सवको प्रवेश निःशुल्क रहेको छ ।