चितवन । नेशनल कंक्रिटले आफ्नो उत्पादलाई बजारमा ल्याएको छ । उद्योगले औपाचारिक रुपमा शुक्रबारबाट आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा उद्योग स्थापना गरि कंक्रिट उत्पादन गर्दै आईएको छ ।
आईएसओ ९००१/२०१५ प्रप्त सो उद्योगले क्रर्भ स्टोन(बाटोको लेन छुट्याउन प्रयोग गरिने) इन्टरलक पेभर(मोजाक टाइल, रेक्टो वेवर, हेक्स पेवर, युनिपेवर, स्वायर टायल, व्लक) कंक्रिट इट्टा उत्पादन गर्दै आएको छ । बिगत एक वर्ष ६ महिना देखि सञ्चालनमा आएको सो उद्योगमा चितवन र नवलपरासीका १० जना युवा व्यवसायीहरुको लगानी रहेको छ ।
कंक्रिटका अध्यक्ष इन्द्रप्रसाद पौडेलका अनुसार रु १५ करोड भन्दा वढिको लगानीमा उद्योग सञ्चालनमा आएको हो । यस व्यवसायमा इन्जीनियर, चाटर एकाउन्टेन र युवा व्यवसायीहरुको लागानी रहेको छ । अत्याधुनिक युरोपियन प्रबिधिबिाट उत्पादिन सो उद्योगको उत्पादनको मुख्य वजार चितवन, पोखरा, काठमाडौं वुटवल संगै अन्य जिल्लाहरु रहेका छन् ।
चितवन, मकवानुर र आसपासका जिल्लामा पहिलो पटक सञ्चालनमा आएको सो उद्योगमा थोरै जनशक्तिको प्रयोग गरिएको उद्योगका निर्देशक इ. कमल घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ठूला निर्माण आयोजनाका लागि आबश्यक पर्ने कंक्रिट उत्पादन हुँदै आएको छ । नेदरल्याण्डमा १९५० बाट सुरु भएको यस प्रबिििधको नेपालमा पहिलो पटक प्रयोग गरिएको सो अबसरमा जानकारी दिइएको थियो । प्रबन्ध निर्देशक सरोज अधिकारीका अनुसार आफ्नै प्रयोगशालाबाट गुणस्तर परिक्षण गरि ¥यापिङ गर्दै वजारमा उत्पादन ल्याइएको हो।
पाँच वर्षको ग्यारेन्टि सहित उद्योगले सामाग्री वजारमा ल्याएको उहाँले जानकारी दिनुभयो ।उद्योगको बिषयमा जानकारी दिन आयोजना गरिएको सो कार्यक्रममा कोमल अधिकारीले उत्पादनका बिषयमा जानकारी दिनुभएको थियो ।