चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णु कुमार के.सीको सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले के.सी सहित २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकसाथ सरुवा गरेका हुन्।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा साविक दरवन्दी रहेको वरिष्ठ प्रहरी उपरीक्षक के.सीको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल काठमाण्डौँमा सरुवा भएको हो ।
एसएसपी के.सी ठाँउमा हाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशाशन विभाग कल्याण महाशाखामा साविक दरवन्दी रहेका पोषराज पोख्रेल आउने भएका छन् ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई, नेपाल प्रहरी शिक्षालय भरतपुरमा परिर्वतन गरेपछि एसएसपी विष्णु कुमार के.सीले शिक्षालय प्रमुखको जिम्मेवारी समालेका थिए ।