चितवन । चितवनको चर्चित माछा खरिद प्रकरणको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ मत्स्य व्यवसायीसँग आत्मालोचित बनेका छन् । तामाङ र मत्स्य व्यवसायीबीच ६ बुँदे सहमति भएको छ ।
भरतपुर महानगरमा भएको छलफलमा सिडिओ तामाङ आत्मालोचित बनेका हुन् । २ घण्टा भएको छलफलमा मेयर रेनु दाहाल, सिडीओ अस्मान तामाङ, नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी, जिल्ला अध्यक्ष सुवेदी, उपाध्यक्ष लुलाराज तामाङ, जिल्ला सचिव नेत्र आले, संघका महानगर सल्लाहकार नारायण शर्मा विपिन, महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी सहभागी थिए ।