चितवन । आज (बिहिबार) चितवनमा चिसो बढेको छ । बिहिबार बिहान चितवन जिल्लाभर आंशिक बदली रहेको छ । बिहानै जिल्लाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज (बिहिबार) चितवनको आकाशमा अधिकांश समय बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जानकारी दिएको छ । पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र हिमातका कारण चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
विभागको अद्यावधिक विवरण अनुसार आज चितवनको तापमान १३ डिग्री सेल्सियस देखि २३ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोबाट बच्न र सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग महाशाखाले अनुरोध गरेको छ।