चितवन । चितवनको देवघाटमा बनाउने भनिएको विद्युतीय शवदाह गृह निर्माणमा ढिलासुस्ती भएको छ । सघन सहरी तथा भवन निर्माणले ठेक्का लगाएको विद्युतीय शवदाह गृहको निर्माणको म्याद पटकपटक थपिँदै लगिएको छ । निर्माणको काम कछुवा गतिमा रहेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले देवघाटको विद्युतीय शवदाह गृह निर्माणमा ढिलासुस्ती भएको स्वीकार गरेकी छन् । आज भरतपुर महानगरमा भएको पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले भनिन्, ‘देवघाटको शवदाह गृहमा ढिलासुस्ती भएको हो, कुनैबेला कोरोनको कहरका कारण ढिला निर्माणमा ढिला भयो, कुनै बेला बाढिपहिरोले बनाएको संरचना भत्काएर ढिलो भयो ।’
शवदाह गृह मिलिनियम शिद्धगढी जेभिले ९ करोड ९२ लाख रुपयाँमा निर्माण गर्नेगरी सम्झौता गरेको थियो । सम्झौताको म्याद सकेर पनि थपिएको छ, तर निर्माण कार्य कछुवाको गतिमा नै रहेको छ । पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले भनिन्, ‘अब निर्माणले अलिकति गति लिएको छ, अब गति रोकिन दिइने छैनौँ ।’