चितवन। नेपाली कांग्रेस चितवनको अधिवेशन फेरि सरेको छ । पुस २७ गते हुने भनिएको अधिवेशनलाई सारेर अब माघ १५ गते लगिएको छ ।
माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै चितवन जिल्ला अधिवेशन सारिएको कांग्रेसले जनाएको छ । चितवनका जिल्ला अधिवेशन माघ १५ गते तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । चितवन कांग्रेसको अधिवेशन पटकपटक सर्दै पर धकेलिएको छ । महाधिवेशन हुनअघि नै चितवनको अधिवेशनको मिति तय गरेको भए पनि विभिन्न कारणले चितवनको अधिवेशन सर्दै गइरहेको चितवन कांग्रेसले जनाएको छ ।
चितवनसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन सकेको छैन ।