चितवन ।बागमती प्रदेश छनौटकोलागि चितवन क्रिकेट टोलीको घोषणा भएको छ । दिपेश श्रेष्ठको कप्तानीमा चितवन क्रिकेट संघले आज (आइतबार) १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
चितवन क्रिकेट संघले चितवन छनोटका लागि बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाएको थियो । त्यसबाट १४ सदस्यीय टोली र ४ वैकल्पिक खेलाडी छनोट गरिएको चितवन क्रिकेट संघले जनाएको छ ।
छनोट खेल्ने टोलीमा कप्तान दिपेश श्रेष्ठसँगै गौतम के.सीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ त्यस्तै, सङघर्ष पौडेल, सोपनिल अधिकारी, प्रतिक श्रेष्ठ, साकार ढकाल, हेमराज पौडेल, आषिश लम्साल, पवन थापा, विक्कल गुप्ता, सुजन चापागाईँ, डानिस इक्बाल, प्रशान्त महत र सिजल श्रेष्ठ टोलीमा रहेका छन् ।
बाबुराम भटराई, सनम बुढाथोकी, क्रिजन गुरुङ र अजित भण्डारी वैकल्पिक खेलाडीमा परेका छन्।
तिन दिने बन्द प्रशिक्षण पश्चात् खेलाडी छनोट गरिएको हो । बन्द प्रशिक्षण क्याम्पा चौरमा भएको थियो ।