चितवन । चितवनमा हिजो दिनभरको वर्षासँगै आज (बिहीबार)बाट चिसो बढेको छ । चिसो बढे पनि मौसममा भने सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो ।
आजबाट क्रमश: यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन महाशाखाका मौसमविद्ले गरेका हुन्।
दिउँसो जिल्लाभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चितवनमा पनि त्यस्को प्रभाव पर्ने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ।
विभागको अद्यावधिक विवरण अनुसार आज चितवनको तापमान ९ डिग्री सेल्सियस देखि २२ डिग्री सेल्सियस मापन गरिएको छ ।