चितवन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, चितवन जिल्ला कमिटिद्वारा माडीमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालन भएको छ ।
दिवाकर बालग्रामस्थित पारिजात सामुदायिक पुस्तकालयको हलमा पौष १२ गते सुरु भई १७ गतेसम्म जारी रहने स्कुलिङ कार्यक्रममा पार्टीका जिल्लास्तरीय नेता र पूणर्कालीन युवा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
युवा कम्युनिष्ट नेता र कार्यकर्ताहरुलाई बैचारिक फाँटमा सशक्त बनाउन सो स्कुलिङ कार्यक्रम सञ्चालनमा रहेको नेकपाका चितवन ईञ्चार्ज सन्देश पौडेलले जानकारी दिए ।