चितवन । शिक्षक सेवा आयोगले चितवन जिल्लाको लागि प्राथमिक तह तृतीय श्रेणीको लागि २९५ शिक्षकको माग गर्दै विज्ञापन खुलाएको छ । आज आयोगले चितवनमा ९ वटा क्षेत्रबाट २९५ शिक्षकको माग गर्दै विज्ञापन खुला गरेको हो।
आयोगले शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ। माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्।
आयोगले चितवन जिल्लाबाट १६२ जना खुला, ४२ जना महिला, १ जना दलित महिला, १ मुस्लिम महिला, ३६ आदिवासी जनजाति, २९ मधेसी, १२ दलित, ७ अपाङता, ५ पिछडिएको क्षेत्रबाट प्रावि तृतीय श्रेणीको शिक्षक माग गरेको छ ।