चितवन । नेकपा एमाले चितवनको नेतृत्वका लागी ४ नेताहरु आकांक्षी देखिएका छन् । एमाले चितवनको १० औं जिल्ला अधिवेशन नजिकिए सँगै महाधिवेशनमा चितवन जिल्ला अध्यक्षका लागि एमाले नेताहरु तेजेन्द्र खड्का, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने र कमल पाठक आकांक्षी देखिएका हुन् ।
२०३५ सालदेखि चितवनको कम्युनिष्ट राजनीतिमा सक्रिय कृष्णप्रसाद भुर्तेल अध्यक्ष पदका आकांक्षी हुन् । २०४२ सालदेखि चितवनमा पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका तेजेन्द्र खड्का पनि एमाले चितवन नेतृत्वका लागि आकांक्षी देखिएका छन् ।
त्यस्तै , हाल एमाले प्रदेश कमिटी सदस्य रहेका युवा नेता रामप्रसाद न्यौपाने २०४५ सालदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय रहँदै आएका छन्। त्यसैगरी कमल पाठक पनि आकांक्षी देखिएका छन्। २०४३ सालबाट राजनीति सुरू गरेका पाठक कानुन व्यवसायी पनि हुन् ।
एमाले जिल्ला कमिटीले पुस २३ र २४ गते अधिवेशनको मिति तोकेको छ ।