चितवन । चितवनको माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमको सेवा अवधी नपुग्दै सरुवा भएको छ।
करीब आठ महिना अघि मात्रै माडी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भई आएका गौतमको सेवा अवधी नपुग्दै सरुवा भएको हो ।
मुख प्रशासकिय अधिकृत गौतमको प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो । गौतम गत २०७७ चैतमा दोलखाको जिरी नगरपालिकाबाट माडीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका थिए।
स्रोतका अनुसार गौतमको सरुवाका लागि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका थिए ।