चितवन। चितवनमा हिजो (मंगलबार) बेलुकादेखि परेको वर्षाले चिसो बढ्नुका साथै जनजीवनलाई प्रभावित पारेको छ । हिजो बेलुकादेखिको वर्षा आज (बुधबार) दिनभर रह्यो । नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको वर्षामापन केन्द्रको अनुसार बुधबार चितवनमा ३८.२ मिलिमिटिर वर्षामापन गरिएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भएसंगै चितवनलगायत देशभर नै चिसो बढेको छ।
चिसोबाट वृद्धवृद्धा र बालबालिका प्रभावित हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिनभर नै देशभरको मौसम बद्ली भइ दिनभरि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना रहेको विभागले जनाएको छ । आज (बुधबार) चितवनको तापमान १७ डिग्री सेल्सियस देखि १२ डिग्री सेल्सियस सम्म मापन गरिएको छ।