चितवन । झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनामा परि चितवनको एक जनाको मृत्यु भएको छ।
झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृत्यु हुनेमा चितवनका १९ वर्षीय किसन सेन्चुरी पनि छन् । मृतक सेन्चुरी चितवनको राप्ती नगरपालिका– ४ निवासी हुन् । सेन्चुरीसँगै मृत्यु हुनेमा अन्य दुई खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए ।