चितवन। चितवन जिल्लाका बिभिन्न भागहरुमा वर्षा अझै रोकिएको छैन । अहिले चितवन लगायत देशभरका धेरै स्थानहरुमा मौसम सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
चितवनमा आज दिउँसो २ बजेबाट मात्र वर्षाको सम्भावना न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवन जिल्ला लगायत जिल्लाका आसपास बेलुका पनि हल्का वर्षाको सम्भावना रहेको साथै बर्षासँगै अत्याधिक चिसो बढ्ने भएकाले चिसोबाट बच्न र सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभाग महाशाखाले अनुरोध गरेको छ।
विभागको अद्यावधिक विवरण अनुसार यस बेला भरतपुको तापमान १४ डिग्री सेल्सियस मापन गरिएको छ । भने आज (बुधबार) बिहान चितवनमा मात्र लगभग १२ मिलिमिटर वर्षा मापन गरिएको छ । बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको, कीर्तिपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको र सबैभन्दा बढी बाराको सिमरामा १३ मिलिमिटर वर्षा मापन भएको छ।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।