चितवन । यतिबेला चितवन र यस आसपासका जिल्लाहरुमा आज बिहानैदेखि वर्षा भइरहेको छ । वर्षासँगै जाडो बढेको छ । आकाश धुम्म परेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भएको बताइएको छ । रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । काठमाडौँमा पनि वर्षा भइरहेको छ भने चन्द्रागिरीमा यतिबेला हिमपात हुन सुरु भएको छ ।