मकवानपुर । मकवानपुर प्रहरीले तीनपांग्रे अटोमा तरकारीको बोराभित्र लुकाएर ल्याइएको गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
तरकारीको बोराभित्र लुकाइछिपाइ ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौडा ७ कमाने बस्दैै आएका अटो चालक ३४ वर्षका सीताराम मोक्तान, कैलाश– १ का ३३ वर्षका अमरबहादुर गिरि र सोही ठाउँका २६ वर्ष का इन्द्रबहादुर मोक्तान रहेका छन् ।
उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानाकारी दिएको हो।