चितवन । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमितिमा थप ८ जनालाई मनोनयन गरिएको छ । राप्रपा कार्यसमितिले उपाध्यक्ष, सचिव, प्रवक्ता, सहसचिवलगायतमा थप सदस्य मनोनयन गरेको हो ।
राप्रपा उपाध्यक्ष विक्रम पाण्डे, केन्द्रीय सदस्य रिना गुरुङलगायतको विशेष उपस्थितिमा उपाध्यक्षमा चेतनाथ वाग्ले, जीवलाल पुरी र हिमला गुरुङलाई मनोनयन गरिएको राप्रपा चितवनले जनाएको छ ।
यस्तै सचिवमा केशवराज भण्डारी, सह सचिवमा रामजी अधिकारी, प्रवक्तामा राजु भण्डारीलाई मनोनयन गरिएको छ । जिल्ला सदस्यमा अमर पराजुली, सल्लाहकार संयोजकमा अधिवक्ता चुडामणि सापकोटालाई मनोनयन गरिएको छ ।