चितवन। पछिल्लो २४ घन्टामा भरतपुर चितवनका अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरमा ३ जना, रत्ननगर नगरपालिकामा १ जना, कालिका नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा ८ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर चितवनका अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु भएको हो। शुक्रबार सक्रिय संक्रमितको संख्या ९८ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार १८४ पुगेको छ । २६ हजार ६५१ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।