काठमाडौं। सिद्धार्थ बैंकले सेयरधनीलार्य वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा बैंकले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावली संशोधन हुने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने लगायतका एजेण्डा छन् ।
बैंकले सभा तथा लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा गते एकदिन बुकक्लोज गर्नेछ । यसअनुसार १७ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।