चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवशनको परिणाम ११ दिनमा सकिएको छ । यस पटक चितवनका १६ नेताले केन्द्रीय नेता बन्नका लागि उमेदवारी थिए । सबैले केन्द्रीय सदस्यमा नै उमेदवार दिएका थिए ।
चितवनबाट १६ नेता केन्द्रीय नेता बन्न काठमाडौँ गएर उमेदवारी बनेका थिए । १६ जनामध्ये ५ जना नेता केन्द्रीय नेता बनेर फर्केका छन् । केन्द्रीय नेता बनेर चितवन फर्कने ५ जना नेतामा दिनेश कोइराला, टेकप्रसाद गुरुङ, उमेश श्रेष्ठ, अन्जनी श्रेष्ठ र शान्ति परियार रहेका छन् ।
नेपाली कांग्रेसमा चितवनले हालसम्म एक जना पनि केन्द्रीय सदस्य पाएको थिएन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएर चितवनका युवा नेता दिनेश कोइरालाले इतिहास रचेका छन् । उनी नेपाली कांग्रेसमा चितवनकै पहिलो केन्द्रीय सदस्य बनेका छन् । उनी १७८१ मत ल्याई निर्वाचित भए । निर्वाचित हुनेको सुचीमा उनी ३१ नम्बरमा परेका थिए ।
२०७४ सालको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा मेयर टिकट पाएर पनि गठबन्धनका कारण बीचमै छोड्न बाध्य भएका कोइरालालाई महाधिवेशन प्रतिनिधिहरुले जिताइछाडे । उनले कांग्रेसमा चितवनको पहिलो केन्द्रीय सदस्य बने्र इतिहास रच्न पाएकोमा खुसी व्यक्त गर्दै सबै मतदातालाई धन्यवाद दिएका छन् ।
शेखर कोइराला प्यानलबाट निर्वाचित भएका कोइरालाले चितवनको पहिलो केन्द्रीय सदस्य बनेर इतिहास रचे । उनीमात्रै होइन पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ र राज्यमन्त्री उमेश श्रेष्ठले पनि केन्द्रीय सदस्य बनेर इतिहास रचेका छन् ।
यस्तै, आदिवासी जनजाति महिलातर्फबाट चितवनकी अन्जनी श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भइन् । त्यसैगरी दलित महिलातर्फबाट शान्ति परियार पनि केन्द्रीय सदस्यमा निर्वाचित भइन् । उनीहरुले पनि इतिहास रच्न सफल भए ।