चितवन । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको कोषाध्यक्षमा चितवनकी चेली संगीता भट्टराई निर्वाचित भएकी छन् । १५३ मत ल्याएर भट्टराई कोषाध्यक्षमा विजयी भएकी हुन् ।
अगुवा महिला अधिकारकर्मीसमेत रहेकी भट्टराई चितवनका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छिन् । उनी सहिद परिवार पनि हुन् । कोषाध्यक्षमा उनीसँगै लडेका विदुर खड्काले २४ र तोत्रकुमारी अधिकारीले जम्मा ५८ मत ल्याएका थिए ।
बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।