काठमाडौं। फ्रेण्ड्स क्लब र विभागीय टोली एपीएफ फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशन जोनमा छन्।
फ्रेण्ड्स २ र एपीएफ १ अंकसहित क्रमश: १३ औँ र १४औँ स्थानमा छन्।
सोमबार पाँचौ चरणको अन्तिम खेलमा दशरथ रंगशालामा भिड्दै गर्दा दुबै टोलीको लक्ष्य ३ अंक हुनेछ । दुबै टोली तीन अंक लिँदै रेलिगेशन जोनबाट उम्कने दाउँमा हुनेछन् । यदि बराबरीले भने सोही स्थानमा रहनेछन्।
खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा ५ खेलबाट १३ अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । ११ अंकको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ।