चितवन । चितवनमा दोस्रो लहरको कोरोना संक्रमण रोक्न प्रशासनबाट जारी भएको निषेधाज्ञाको समयमा काठ चोरी गर्ने समूह सक्रिय भएको पाइएको छ। गत वैशाख १६ गतेदेखि जेठ ८ गतेसम्मको तथ्यांक मात्रै हेर्ने हो भने पनि १५ जना मानिस काठ चोरी मुद्धामा पक्राउ परेका छन्। डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ परेका सबै कालिका नगरपालिका क्षेत्रका छन्।
उनीहरु निषेधाज्ञा भएपछिका विभिन्न मितिमा पक्राउ परेका हुन्। गत वैशाख १९ गते ११ दशमलव ७३ क्युफिट सालको गोलिया काठसहित कालिका १० का डम्बर विक पक्राउ परे। वैशा २८ गते ८० दशमलव ३६ क्युफिट सालको गोलिया काठसहित कालिका ७ का अर्जुन घर्ती र कुलबहादुर राना पक्राउ परेका डिभिजन वन कार्यालय चितवनले जनाएको छ।
यस्तै जेठ २ गते १० दशमलव ७० क्युफिट सालको चिरान काठ र एक थान साइकलसहित कालिका ३ का बिजय राना पक्राउ परे भने सोही दिन १८ दशमलव १५ क्युपिट सालको चिरान काठसहित कालिका ७ की सृजना बोटे, कालिका ३ का प्रमिश चेपाङ, शर्मिला प्रजा, कुमारसिं चेपाङ, भिमबहादुर राई सुनार र जंगबहादुर चेपाङ पक्राउ परे।
त्यसपछि जेठ ३ गते १९ दशमलव ३६ क्युफिट सालको चिरान काठसहित कालिका ८ का मोतिराम चेपाङ, हरिलाल चेपाङ, राजकुमार चेपाङ, हिब्रु प्रजा र सुकराम चेपाङ पक्राउ परेका छन्। त्यसयता शनिबारसम्ममा कोही पनि पक्राउ परेका छैनन्।
बन्द अवधिमा सहजरुपमा हिँडडुल तथा गस्ती परिचालन गर्न सक्ने अवस्था नभए पनि डिभिजन वन कार्यालय चितवनबाट स्थानीय प्रशासन, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा सामुदायिक वन उपभोक्ता समूह समेतको सहकार्यमा डिभिजन वन कार्यालय चितवनको कार्यक्षेत्र पर्ने विभिन्न स्थानमा गरिएको निगरानीबाट काठ चोरी तथा निकासी सम्बन्धि घटनामा संगल्न व्यक्ति र काठसमेत बरामद गरिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।
समग्रमा कुल १४० दशमलव ३ क्युफिट काठ बरामद भएको छ। सरकारी दर रेटअनुसार एक लाख ४० हजार ३०० रुपैयाँ बराबरको काठ बरामद भएको उनले बताए।इचितवन पोस्टबाट
चितवनमा निषेधाज्ञाको समयमा काठ चोरी गर्ने समूह सक्रिय , १४० क्युफिट काठसहित १५ जना पक्राउ

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु