चितवन। पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा ५ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा १५ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा मात्र ५ जना संक्रमित थपिएका छन् । शुक्रबार सक्रिय संक्रमितको संख्या ११८ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार १४५ पुगेको छ । २६ हजार ५९४ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३३ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।