चितवन। भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्ट शैलेश बसेलको सरुवा भएपछि अस्पतालमा आन्दोेलनरत फर्मासिस्टहरुले आपत्ती जनाएका छन् ।
पेसागत हकहितका निम्ति भइरहेको शान्तिपूर्ण कार्यक्रमलाई कमजोर बनाउन षड्यन्त्रपुर्वक तरिकाले फार्मेसी स्टोरमा कार्यरत नन–फर्मासिस्टको पहल कदमीमा बसेलको सरुवा गरिएको भन्दै शुक्रबार उनीहरुले विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका छन् । बसेलको काठमाडौंस्थित औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ ।
शान्तिपूर्ण धर्ना कार्यक्रमको संयोजन गरिरहेका भरतपुर अस्पताल फार्मेसी स्थित सातौँ तह अधिकृत करार (मन्त्रालय) फर्मासिस्ट बसेलको विभागले कुनै पूर्व जानकारी बिना नै कर्मचारीको प्रभावमा परी सरुवा भएको आन्दोलनकारीको भनाइ छ । आन्दोलनलाई कमजोर पार्न संयोजकको सरुवा गरिएको उनीहरुको ठहर छ ।
फार्मेसी स्टोरमा नेपाल सरकारले तोकिएको व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेलगायतका विभिन्न माग राख्दै उनीहरु आन्दोलनरत छन् ।
उनीहरुले राखेका मागहरु :
१. जहाँ औषधि त्यहाँ फर्मासिस्ट भन्ने विश्वव्यापी नाराको अक्षरस कार्यन्वयन
२. फार्मेसी व्यवस्थापनका लागि प्र मे सु समक्ष पेश गरिएका भ्रमण अध्ययन प्रतिवेदन तत्काल लाग्नु गर्नुपर्ने
३.अस्पताल फार्मेसी स्टोरको जिम्मेवार पदमा Non – Pharmacist राख्न नपाइने
४. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कर्यविवरण (ToR) अनुसार जिम्मेवारी तत्काल दिइनुपर्ने।
५ Right Man In Right Place को अवधारणा अनुसार विज्ञताको कदर गर्नुपर्ने
आन्दोलनरत उनीहरुले विगत ६ दिनदेखि काम यथावत रुपमा गर्दै दैनिक एक घण्टा कार्यालय परिसर अगाडि धर्ना दिँदै आइरहेका छन् ।