जनकपुरधाम। नेपाल वैश्य युवा संघ प्रदेश- २ ले नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायमाथि कारवाही गर्न माग गरेको छ ।
नेपाल वैश्य युवा संघ प्रदेश-२ का अध्यक्ष राजु कुमार साहले मंगलबार पत्रकार सम्मेलन गरि पूर्व सचिव उपाध्यायले रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत हुने विधि विधान र धार्मिक परम्परालाई लक्षित गरि अपशव्द र असभ्य भाषा प्रयोग गरि मिथिला काला संस्कृतिमाथि प्रहार गरेको भन्दै कारबाहीको माग गरेका हुन्।
पूर्व सचिव उपाध्यायले राम जानकी विवाह महोत्सवको अन्तर्गत पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जुली कुमारी महतोले पैसा बाँडेको विषयमा समाजिक सञ्चालन फेसबुकमा एक स्टेटस लेखेका थिए।
उपाध्याले सामाजिक सञ्जालमा,‘एमाले सचिव रघुवीर महासेठकी पत्नी एमाले केन्द्रीय सदस्य जुली महतो विवाह पञ्चमीको अवसरमा बार डान्सर गायकलाई टिप्स स्वरुप नोटको बिटा खोल्दै उडाउँदै बाँड्दै’ लेखेका थिए ।
साहले रामजानकी विवाह महोत्सवको बेलामा पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा घृणित शब्द लेखेर यहाँका लिंग, समूदाय, धर्म, संस्कृति र क्षेत्रको भावनामाथि आघात पार्ने गरी मानमर्दन गरेको बताए ।
उपाध्यायमाथि अदालत जाने प्रक्रियामा समेत रहेको भन्दै साहले त्यसका लागि विभिन्न निकायसँग कुराकानी भइरहेको बताए । उनले उपाध्यायले माफी नमागे आन्दोलन गर्ने चेतावनी दिए ।