चितवन । युरोपेली ब्राण्ड रेनल्ट मोटर्सका गाडी पारखीहरुको लागि खुसीको खबर छ । भोलि आइतबारदेखि भरतपुरमा रेनल्ट कार्निवल चल्नेछ । रेनल्टको भरतपुरस्थित शो रुम युनाइटेड अटो कन्सर्नमा रेनल्ट कार्निवल चल्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘भोलि आइतबारदेखि सुरु भएर रेनल्ट कार्निवल तीन दिन२८ गतेसम्म चल्नेछ’ रेनल्टका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले भने, ‘कार्निवलमा निःशुक पाइने सुविधादेखि एक्सचेन्ज अफरसम्म हुनेछ ।’ उनका अनुसार तीन दिनसम्म चल्ने रेनल्ट कार्निवलमा पुरानो गाडी ल्याएर नयाँ गाडी चढ्न पाइने सुविधा छ ।
जनरल म्यानेजर श्रेष्ठले भने, ‘तपाइँले चढ्नुभएको पुरानो गाडीको ठाउँको ठाउँ मूल्यांकन हुन्छ । फाइनान्स सुविधाबाट पनि रेनल्टको जुनसुकै गाडी चढ्न सक्नुहुन्छ ।’ नयाँ गाडी खरिद गर्दा क्यास ब्याक अफर पनि हुने उनको भनाइछ । पत्रकार सम्मेलनमा तीन दिनसम्म चल्ने रेनल्ट कार्निवलमा कुनै पनि ब्राण्डको गाडीको निःशुल्क चेकअप हुने बताइएको छ ।
यसबाहेक कार्यक्रमस्थलमा मनोरञ्जनको लागि सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । फुडस्टलको व्यवस्था पनि हुनेछ । सहभागीहरुले टेष्ट ड्राइभ गर्न पाउने र सबैले उपहार जित्नेछन् । रेनल्ट कार्निवल चितवनमा पहिलो पटक गर्न लागिएको हो । यसपछि बुटवल, विराटनगरलगायतका शहरमा क्रमशः रेनल्ट कार्निवल गरिने जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले जानकारी दिए । रेनल्ट कार्निवलमा पाँच हजार बढीले सेवा लिने अनुमान गरिएको छ । कार पारखीका लागि नेपालमा रेनल्टका गाडी नयाँ ब्राण्ड बनेको छ। युरोपेली ब्राण्ड रेनल्ट मोटर्सका गाडी नेपाली बजारमा रुचाइएको छ ।