चितवन । पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा चितवन र नवलपु्रका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यलय चितवनका अनुसार आज बिहिबार एकैदिन दुई संक्रमितको मृत्यु भएको हो ।
योसँगै कोरोनाका कारण मुत्यु हुनेको संख्या चितवनमा ४३४ पुगेको छ । त्यस्तै आज कोरोनाबाट १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् ४ जना संक्रमित थपिएका छन् ।