चितवन । राप्रपाको महाधिवेशनमा अध्यक्षका उम्मदेवारद्वय कमल थापा र राजेन्द्र लिङ्देनको दुवै प्यानलमा परेका चितवनका नेता विक्रम पाण्डे उपाध्यक्षमा निर्वाचित भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका हुन् । उनले २५२१ मत ल्याएका छन् ।
पाण्डे संघीय संसदको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए । यसअघि सो क्षेत्रबाट पाण्डे निर्वाचित भएका थिए । पूर्व भूमिसुधार मन्त्रीसमेत भएका पाण्डेले आफू मन्त्री हुँदा चितवनमा मालपोत कार्यालयको सेवा विस्तारको काम गरेर चर्चामा आएका थिए । उनकै पहलमा खैरहनी र चनौलीमा मालपोत कार्यालयको सेवा विस्तार भएको थियो ।