चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८/७९ को कात्तिक महिनामा डेढसय उद्योग थपिएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त महिनामा नीजि र साझेदारी गरी १५१ वटा उद्योग थपिएका हुन् ।
यी मध्ये सबैभन्दा बढी वन तथा कृषिजन्य उद्योगमा सयवटा र सबैभन्दा कम पर्यटन मुलक उद्योगमा दुईवटा मात्र थपिएका छन् । यस्तै उत्पादनमुलक उद्योगमा १७ वटा र सेवामुलक उद्योगमा ३२ वटा उद्योगहरु थपिएको कार्यालयले जनाएको छ । कात्तिक महिनामा उर्जामुलक उद्योग, निर्माणमुलक र विज्ञान तथा सूचनाप्रविधि उद्योगहरु भने दर्ता भएका छैनन्। कार्यालयका प्रमुख यादवनाथ आचार्यले चितवन पछिल्लो समय कृषि क्षेत्रको हब भएकोले यस शिर्षकमा बढी उद्योगहरु दर्ता भएको जानकारी दिए । ‘कृषि तथा वनजन्य उद्योगमा तीनतहको सरकारबाट अनुदान तथा सहुलियत पनि छ, आचार्यले भने, बैंक तथा वित्तिय संस्थाबाट ऋण लिंँदा सहुलियत दरमा पनि उपलब्ध हुन्छ ।’ कोभिडका कारण कृषि तथा जन्य उद्योग बाहेक अन्य उद्योगहरुको दर्ता कम र कतिपय उद्योगहरुको दर्ता शुन्य उनको भनाई छ ।
थपिएका उद्योगमा कुल पूंँजी आधा अर्ब
चालु आवको कात्तिक महिनामा थपिएका १सय ५१ उद्योगहरुमा स्थिर पुंँजी र चालु पूँजी गरी आधा अर्ब पूंँजी रहेको छ । कार्यालयका अनुसार सबै भन्दा बढी कृषिजन्य उद्योगमा २६ करोड ६९ लाख ६ हजार कुलपुंँजी रहेको छ भने कम पर्यटनमुलक उद्योगमा ३० लाख रहेको छ । यस्तै उत्पादनमुलक उद्योगमा ११ करोड ५२ लाख ५० हजार र सेवामुलक उद्योगमा ११ करोड ४लाख ९० हजार रुपैंया कुल पूंँजी रहेको कार्यालयले जानकारी दिएको छ । ती उद्योगहरुको बार्षिक कुल उत्पादन क्षमता ७४ करोड ९६ लाख ९५ हजार रुपैंया बराबर रहेको छ । जसअनुसार वन तथा कृषि तथा वनजन्य उद्योगको ४२ करोड १० लाख ३७ हजार रुपैंया, उत्पादनमुलक उद्योगको २० करोड ८७ लाख ६८ हजार ,४६ लाख २५ हजार र सेवामुलक उद्योगको ११ करोड ५२ लाख ६६ हजार रुपैंया कुल बार्षिक उत्पादन क्षमता रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख आचार्यले उद्योगहरुको नाममा दर्ता भएको जग्गा भएमा उद्योग दर्ता गर्दा ५० प्रतिशत छुट हुने जानकारी दिए । यो चालु आवमा मात्रै ८ वटा उद्योगहरुले यो सुविधा लिएका छन् ।
२०लाख २६ हजार रुपैंया राजश्व संकलन
कार्यालयले कात्तिक महिनामा दर्ता भएका उद्योगबाट २० लाख २६ हजार रुपैंया राजश्व संकलन गरेको छ । जसअनुसार कृषि तथा वनजन्य उद्योगबाट १३ लाख १८ हजार रुपैंया, उत्पादन मुलक उद्योगबाट २ लाख ६२ हजार रुपैंया, पर्यटन मुलक उद्योगबाट २४ हजार रुपैंया र सेवामुलक उद्योगबाट ४ लाख २१ हजार रुपैंया राजश्व संकलन गरेको छ । कार्तिक महिनामा दर्ता भएका उद्योगहरुमा महिला १०१ र पुरुष ६३ गरी १६४ जना उद्यमी रहेका छन । यी उद्योगहरुमा पांँचसय ६७ जनाले रोजगारी पाएका छन् । पछिल्ला बर्षहरुमा पांँचलाख भन्दा कम पूँजी भएका उद्योग स्थानीय पालिकामा दर्ता हुने र ती उद्योगहरुको तथ्यांक स्थानीय तहमा हुने भएकाले दर्ता संख्या कम भएसंँगै राजश्व संकलन पनि कम हुने कार्यालय प्रमुख आचार्यको भनाई छ ।
कार्यालयमा उद्योगमा हाल ५ लाख देखि पांँचकरोड पूंँजी भएका उद्योगहरु दर्ता हुंँदै आएका छन । पांँच लाखभन्दा तल पूंँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ । कार्यालयमा हाल पांँचलाख देखि २० लाख पूंँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैंया, २० लाख ५० लाख पूंँजी भएका उद्योग दर्ताका लागि २० हजार , ५० लाख देखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पांँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैंया दर्ता शुल्क लाग्ने गर्दछ ।