चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको प्यानलबाट चितवनका नेता विक्रम पाण्डेको उपाध्यक्षमा उम्मेदवारी रहने भएको छ । लिङ्देनले निर्वाचनबाट चयन हुने उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका हुन् ।
लिङदेनको प्यानलबाट उपाध्यक्षमा पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी रहने भएको छ । त्यस्तै महामन्त्रीमा डा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन् । राप्रपाको महाधिवेशन बुधबार सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् ।