चितवन । नेपाली कांँग्रेस जिल्ला कार्यसमिति चितवनका वर्तमान सचिव उत्तम जोशीले कांँग्रेसको १४ औं अधिवेशनअन्तर्गत चितवन जिल्ला सभापतिका लागि उम्मेद्वारीको घोषणा गरेका छन । आज भरतपुरमा घोषणा कार्यक्रमको आयोजना गरी सभापतिमा आफ्नो उम्मेद्वारी रहेको बताएका हुन् ।
घोषणा कार्यक्रममा बोल्दै जोशीले नेतृत्व परिवर्तन आफैमा स्वभाविक परिवर्तन भएको भन्दै नयांँ अध्यायको थालनी र पार्टीलाई गतिशिलता दिन आफ्नो सभापतिमा उम्मेद्वारी रहेको स्पष्ट पारे । आफूले १३ औं महाधिवेशनमा सचिव पदमा निर्वाचित भई गरेका कार्यसम्पादन र अनुभवका आधारमा मतदातालाई मत दिन मतदातालाई आग्रह गरे ।
जोशीको उम्मेदवारी किने ?
कांँग्रेसलाई नयांँ सोच र शैलीबाट संगठन विस्तार गर्न, पार्टी सबै तह तप्काका नेता तथा कार्यकर्ताको सल्लाह, सुझाव बमोजिम भावी रणनीति बनाउन, पार्टीका कार्यकर्ताको उचित मूल्यांकन गर्न, पार्टीका हरेक कार्यक्रमलाई नियमित र पारदर्शी बनाउन, पार्टीका सबै भातृ तथा भगिनी संस्थालाई चुस्त दुरुस्त पार्न, एक व्यक्ति एक पद र एक कार्यकाल प्रणाली लागू गर्न, शहिद परिवार र अग्रज नेताहरुको उच्च सम्मान गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
भरतपुर महानगरपालिका वडा नम्बर स्थायी घर भएका उनका जन्म २०३५ सालमा तनहुंँको साविक चिसापानी गाविसमा भएको हो । उनी सानैदेखि नेपाली कांँग्रसको राजनीतिमा लागेका थिए । नेपाली कांँग्रेसको राजनीतिमा निकै सक्रिय युवा नेता जोशी जुझारु र इमान्दारी नेताको रुपमा जोशी चिनिन्छन् ।
विभिन्न आन्दोलनमा सहभागी हुंँदैे राजनीतिको प्रारम्भिक यात्रा तय गरेका उनी २०४९ सालमा तनहुंँकै स्थानीय स्कुल कमिटीको अध्यक्ष भए । तनहुंँबाट राजनीतिबाट यात्रा सुरु गरेका नेविसंघको जिल्ला सदस्य र सचिव भएर जिम्मेवारी पूरा गरेका छन् । उनी राजनीतिमा मात्र सक्रिय छैनन सामाजिक काममा पनि उत्तिकै क्रियाशील हुंँदै आएका छन् । उनी सन् २००६ को भरतपुर शाखा जेसिजको अध्यक्ष, २०११ मा राष्ट्रिय उपाध्यक्ष निर्वाचित भए । परिवार नियोजन चितवन र क्षयरोग निवारण संस्था र क्यान्सर समाचार चितवनको उनी आजीवन सदस्य हुन् । यसबाहेक उनले विभिन्न क्लब, शैक्षिक संस्थामा आवद्ध भइ काम गरिसकेका छन् ।