लमजुङ। लमजुङ प्रहरीले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । बेसीशहर नगरपालिका ३ बसौलाका प्रजिता गुरुङलाई प्रहरीले पक्राउ गरेको हाे ।
उच्च अदालत पाटनले ५ पुस, ०७७ मा १ दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । फैसलादेखि फरार रहेकी गुरुङलाई सोमबार पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
उनलाई सोमबार नै लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार लमजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए । गुरुङले जरिवाना वापतको रकम बुझाएकी हुँदा एक दिन कैदका लागि सोमबार नै कारागार चलान गरिएको छ ।