चितवन । नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
नेपाली काँग्रेस चितवनको अधिवेशन स्थगित भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उपसभापति पदबाट कोइरालाले राजीनामा दिएका हुन् । चितवन सभापति पदका दावेदारसमेत रहेको कोइरालाले आज विज्ञप्ति जारी गरी राजीनामा दिएका छन् ।
नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको कारण देखाउँदै अधिवेशन स्थगित गर्न नहुने कोइरालाको भनाइ छ । कांग्रेसले अर्को सूचना जारी नहुँदासम्म चितवन जिल्ला अधिवेशन स्थगित गरेको छ ।
कोइरालाले निर्वाचनको मिति स्थगित गर्ने विषयलाई ‘षड्यन्त्र’ भनेका छन् । उनले जारी गरेको विज्ञप्तिमा पदबाट राजीनामा दिए पनि कांग्रेसको इमान्दार कार्यकर्ता रहिरहने बताएका छन् ।