चितवन । नेकपा एमाले चितवनका नेता जेएन थपलियाले दशौं महाधिवेशनमा वाग्मती प्रदेश तर्फ खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। चितवन प्रेससँग कुराकानी गर्दै थपलियाले आफ्नो उम्मेदवार रहने बताए ।
थपलिया कम्युनिस्ट राजनीति, शिक्षा र सामाजिक सेवामा क्रियाशील छन् । चितवन एमाले अध्यक्षसमेत भएका थपलिया वाग्मती प्रदेशका पूर्वमुख्य मन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गरिसकेका छन् ।