चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आइपुगेका छन् । भोलिदेखि सुरू हुने पार्टीको १० औं महाधिवेशमा सहभागी हुन अध्यक्ष ओली चितवन आइपुगेका हुन् ।
ओली हिँड्ने सडकभरि उनका ठूलठूला फोटा छन् । सडकभरि एमालेको झन्डा र लोगो छ । सडकहरु रातो झन्डाले रंगिएका छन् । अध्यक्ष ओली चितवन आइसकेका कारण उनको स्वागतको लागि हजारौँ मानिसहरु सडकभरि भरिएका छन् ।