चितवन। पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा ५ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा मात्र ७ जना संक्रमित थपिएका छन् । बुधबार सक्रिय संक्रमितको संख्या १९१ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ९४३ पुगेको छ । २६ हजार ३२२ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३० पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।