चितवन । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताएका छन् । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन ।
अध्यक्ष प्रचण्डले यो आयोजना संचालन गर्न आफूले ठूलै लगानी गर्नुपरेको भन्दै यहॉको सुख्खा तथा उर्बरा जमिनमा कृषि उत्पादनमा बृद्दि गर्न समयमै गुणस्तरिय ढ्गंले निर्माण पुरा गरी संचालन गर्नुपर्ने बताए।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा धुलाम्मे रहेका अधिकांस सडक कालोपत्रे भैसकेको र बाँकी रहेका पनि पुरा गरेरै छाड्ने बताए । समग्र भरतपुरको विकासमा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख नेतृत्वले लोभलाग्दो काम गरेर विकासको नमुना प्रस्तुत गरेकोमा प्रशंसा समेत व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले भूमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आगामी निर्वाचन अगाडि नै जग्गाधनी पूर्जा प्रदान गरिने गरी सरकारले काम अगाडि बढाईसकेको बताए । उक्त कामको लागि चितवन पहिलो चरणमा छनोट भैसकेको उनको भनाइ छ ।