चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिमा माओवादी पार्टीको जिम्मेवारी र दायित्व थप बढेको बताएका छन् ।
आज भरतपुरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा बोल्दै चितवन ७८ औ जिल्लामा परिचित भएको र देशकै केन्द्र भएकोले सबै विचारधारा, बौद्धिक व्यक्तिको थलो भएको बताए । पछिल्ला दिनहरुमा अधिकांश दलका महाधिवेशन चितवन केन्द्रित हुनु अर्थपूर्ण रहेको समेत उनले बताए ।
आफूले अहिले कोही कसैलाई आलोचना र गाली गर्ने मनशाय नरहेको भन्दै उनले भने, ‘चितवन सबै जिल्लाको केन्द्रबिन्दु हो नै तर एमालेको महाधिवेशन चितवन केन्द्रित चितवनमा समथिङ्ग इज हिडन छ, ।’ यसका कारण माओवादी र चितवनका जनताको थप जिम्मेवारी रहेको बताउंँदै बुझ्नु र जनतालाई यसबारे बुझाउनु जरुरी रहेको बताए । आफूले देखेको सपनाबाट पश्चाताप नभएको भन्दै उनले भने, हाम्रो समाजवादी दृष्टिकोणको बाटो त छदैछ,सपना चाहिंँ ठूलो देखियो तर कम्युनिष्टलाई एकताको रुपमा देखिएपनि सफल भईएन ।’ आफ्नो राजनीतिक यात्रामा सबै कुराको समाधान भएपनि आफ्नो पार्टीलाई एकता गर्न नसकिएको उनको भनाई थियो । अब आफ्नो पार्टी र आफ्नो सपना नयांँ युगको खोजिमा रहेको भन्दै उनले भने, ‘हामी अहिले नयांँ युग र विकासको नयांँ मोडलको खोजीमा छौं ।’ अबको ८ देखि दश बर्षमा चितवनबाट नयांँ रिभोलुसन आउने बताउंँदै उनले देशभर चितवनले यसको नेतृत्व गर्ने बताए । ‘विचारमा एकता उद्धेश्यमा एकरुपता हुनुपर्यो उनले भने, नयांँ राज्यमा कसैलाई विभेद हुदैन ।’
चितवन विकासको नयांँ मोडलको रुपमा विकसित भएको भन्दै उनले यहांँ राष्ट्रिय गौरवका आयोजना र नारायणी नदीका तटबन्ध , विमानस्थल, लिकंरोड रिंगरोड, अन्र्तराष्ट्रिय गौतम बुद्ध रंगशाला, राष्ट्रिय सभागृह लगायतका कामले तीब्रता लिने प्रतिबद्धता व्यक्त गरे ।