चितवन । नेकपा एमालेको चितवनमा हुन गइरहेको १० औँ राष्ट्रिय महाधिवेशनको काम अगाडि बढिरहेको छ ।
चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिए । उनका अनुसार केन्द्रीय बसपार्क, वागीश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधनका पार्किङ स्थल हुनेछ ।