चितवन। चितवनको तीन निर्वाचन क्षेत्रहरुमा भोलि हुने निर्वाचनको लागि आज उम्मेदवार मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार यतिबेला मनोनयन दर्ता भएर दावी विरोधको प्रक्रिया सुरु भएको छ ।
क्षेत्रीय निर्वाचनबाट एक सभापति, उपसभापति, सचिव र सहसचिवसहित ७ जनाको पदाधिकारी चयन हुनेछन् । निर्वाचनबाट २४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । क्षेत्र नं. १ को उम्मेदवार मनोनयन होटल स्टार टाँडीमा भएको छ । क्षेत्र नं दुईको उम्मेदवार मनोनयन उद्योग वाणिज्य संघ नारायणगढमा र क्षेत्र नं तीनको उम्मेदवार मनोनयन सहिद स्मारक कलेज शारदानगरमा भइरहेको छ ।